Skip to content

टेलिकमको मोबाइलमा फोन गर्दा सुरुमा किन आइरहेको छ बेग्लै आवाज ?

काठमाडौं । केही दिनयता तपाईंले नेपाल टेलिकमको नेटवर्कबाट कल गर्दा फरक टोन सुन्नुभएको होला । कल लाग्नुअघि अर्थात् रिङ ब्याक टोन बज्नुअघि सुनिने आवाज धेरैका लागि अनौठो लागेको हुनसक्छ ।

यसअघि रिङ ब्याक टोन रूपमा विभिन्न गीत वा सन्देश सुन्न सकिन्थ्यो । कोभिड-१९ को समयमा सेवा प्रदायकले रिङ ब्याकटोन मार्फत नै कोरोनाबारे जानकारी समेत दिएका थिए । तर, यतिबेला फोन लाग्नुअघि बज्ने टोनको अर्थ फरक छ ।

यो टोन फोन गर्दा लाग्ने समय अर्थात् कल सेटअप टाइमलाई दर्शाउने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् ।

‘हामीले एउटा नम्बरबाट अर्को नम्बरमा कल गर्दा लाग्ने समय दर्शाउन खोजको हौं’, अधिकारीले भने, ‘यसअघि कल लाग्ने समय र फोन लागिसकेपछि पनि एउटै टोन रहन्थ्यो । त्यसलाई फरक बनाउन कल लाग्नुअघि नयाँ टोन दिएका हौं । यसले ग्राहकलाई समेत नयाँ अनुभूति प्रदान गर्ने अपेक्षा छ ।’

यसबाट टेलिकमको नेटवर्कबाट फोन लाग्न कति समय लाग्ने रहेछ भनेर ग्राहकले थाहा पाउनसक्ने उनले बताए ।

‘नियमकको मापदण्ड अनुसार कल सेटअपका लागि ५ सेकेन्ड वा त्योभन्दा कम समय हुनुपर्छ । त्यो हुँदा ग्राहक आफैँले मापदण्ड अनुसार सेवा उपलब्ध भएकाे छ कि छैन भनेर यकिन गर्न सक्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर