Skip to content

विप्लव नेतृत्वको बन्दले गोरखामा जनजीबन प्रभाबित

गोरखा।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि गोरखाको जनजिवन पूर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण गोरखा सदरमुकाम क्षेत्रमा बजार पूर्ण रुपमा बन्द भएका छन् भने शिक्षण संस्थाहरुमा समेत पठन पाठन सञ्चालन हुन सकेको छैन ।

बन्दले गोरखा सदरमुकामबाट ग्रामिण क्षेत्रमा आउजाउ गर्ने सवारी साधनहरु चलेका छैनन् । त्यस्तै जिल्ला सदरमुकामबाट काठमाण्डौ, पोखरा चितवन लगायतका शहरमा चल्ने सवारी साधनहरु अबरुद्ध भएका छन् । बन्दले जिल्लाका अन्य मुख्य बजारहरु छेवेटार, आरुघाट, भच्चेक जस्ता बजार समेत बन्द भएका छन् ।

सदरमुकाम क्षेत्रमा सञ्चारकर्मी, एम्बुलेन्स, सुरक्षा निकायका सवारी र केही निजि मोटरसाइकल मात्र चलेका छन् । बन्दका क्रममा अवान्छित घटना हुन नदिन ठुलो संख्यामा सशत्र प्रहरी परिचालन गरिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका ४ दलले बन्दको आव्हान गरेका हुन् ।

जसमा नेकपासँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् । विप्लवन नेतृत्वको नेकपाले आफ्नो पार्टीसंग गरेको सम्झौता पालना नगरेर देशलाई जबरजस्ती द्धन्दमा धकेल्न खोजेको आरोप लगाउदै आएको छ ।

सो पार्टीले आफ्नो पार्टी माथि लगाउदै आएको सवै खालका प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकताको तत्काल रिहाईका साथै सबै मुद्वा खारेज गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर