Skip to content

छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता

भरतपुर।भरतपुरमा जन्मिने छोरीका लागि निःशूल्क छोरी जीवन बीमा कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सौम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशूल्क जीवन बीमा गर्ने निर्णय गरेकी थिइन् । गत जेठ ११ गतेका दिन लागु हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कर्यान्वन गर्न सम्झौता गरिएको हो । सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुले मात्र यो सेवा लिन पाउने छन्  । गत जेठ ११ गतेका दिनदेखि जन्मिएका छोरीको मात्र यो कार्यक्रममा सहभागि हुन पाउने छन् ।

छोरी जीवन बीमा गर्न महानगरपालिको स्थायी बासिन्दा हुनुपर्ने छ । बीमाका लागि जन्मदर्ताको प्रमाण पत्र र फोटोसहित वडा कार्यालयमा जानुपर्ने छ । यो बीमा योजनाको बीमाङ्क रकम रु ५० हजार र बीमा अवधि १५ वर्षको हुनेछन् । बीमा कार्यक्रममा सहभागि भएका छोरीहरुले १५ वर्षमा प्रचलित बोनस दरका आधारमा एकमुष्ट रकम प्राप्त गर्नेछन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छोरीलाई प्रोत्सहान र संरक्षित गर्ने उदेश्यसहित छोरी जीवन बीमा कार्यक्रम लागू गरिएको बताइन् । यो कार्यक्रमले छोरा र छोरीबीच हुने सामाजिक विभेद न्युनिकरणमा सहयोग पुग्ने प्रमुख दाहालको विश्वास छ । पदभार ग्रहणका क्रममा नगर प्रमुखले गर्नु भएको अर्को निर्णय ७ हजारसम्म निःशूल्क पिउने पानी उपलब्ध गराउने निर्णय भने कार्यन्वयन भइसकेको छ । पहिलो कार्यकालको पदभार ग्रहणमा प्रमुख दाहालले भरतपुर अस्पतालमा महिलालाई निःशूल्क ओपिडी टिकटको व्यवस्था गर्ने निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर