काठमाडौं।नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघ र प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन गरेको छ । उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ । सबै पालिकाहरूले यही भदौ १८ गते बैठक बसेर उम्मेदवार छनोट गरि निर्वाचन क्षेत्रमा बुझाउने र क्षेत्रमा १९ गते बैठक बसि जिल्ला समन्वय समितिलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरिएको छ । २० गते जिल्ला समन्वयको बैठक बसि तलबाट सिफारिस भइ आएका नामहरूबारे बैठकबाट निर्णय गरि सुझाव सहित साँझसम्म प्रदेश कार्यालयलाई बुझाइसक्नुपर्ने सर्कुलरमा उल्लेख छ ।
बैठकले उम्मेदवार छनोटको कार्यविधि पनि निर्धारण गरेर पठाएको छ। जसमा क्रियाशील, पुराना र जनप्रियलाई पहिलो प्राथमिकतामा राखिएको छ। अहिलेसम्म एकपटक पनि सिफारिस नभएकालाई पहिलो प्राथमिकतामा राख्न भनिएको छ। एकपटक चुनाव जितेकोलाई दोस्रो र दुईपटक जितेकोलाई तेस्रो प्राथमिकतामा राख्न निर्देशन गरेको छ। सिफारिस गर्दा नामहरू वर्णानुक्रममा राखिनुपर्छ भनिएको छ। समानुपातिक तर्फ भने यसअघि समानुपातिकबाट सांसद बनेकालाई सिफारिस नगर्न भनिएको छ।पालिका समितिको वैठक मिति २०७९ भाद्र १८ गते बस्ने छ भने प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठक भाद्र १९ गते बस्नेछ ।जिल्ला समन्वय समितिको बैठक भाद्र २० गते बस्ने छ ।
बैठकले उम्मेदवार छनौट सम्बन्धि आधारहरु निम्न अनुसार निर्णय गरेको छ :
•प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौटका लागि पालिका समितिको बैठकले प्रदेश तथा प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिलाइ तथा महानगरपालिकाले समन्धित निर्वाचन क्षेत्र र जिल्लालाई सिफारिस गर्नेछ
•सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका, चुनाव जित्ने संभावना सहित जनमतलाई प्रभावित गर्न सक्ने लोकप्रियहरु मध्ये यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्