Skip to content

सीट बाँडफाँडमा माधव कुमार नेपाल बाधकःरामचन्द्र पौडेल

पोखरा।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा आगामी निर्वाचनको लागि आफ्नो दल ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले सिट बाँडफाँडबारे आफ्नो पार्टीको यस्तो बटमलाईन सुनाएका हुन् ।

उनले भने-“हामी ९० सिटबाट अब एक सिटपनि तल झर्दैनौं । हामीले यसअघि १०० सिटमा दाबी गरेका थियौं ।” उनले गठबन्धनमा माधव नेपालले हैसियतभन्दा बढि नै सिटमा दाबी गरेको आरोप लगाए । माधव नेपालकै कारण सिट बाँडफाँडमा सहमति नभएको उनको आशय थियो ।

गठबन्धनमा आवद्ध दलहरु आफ्नो अडानबाट ब्याक नभएपछि सिटको भागबण्डा अझै टुँगिएको छैन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने भोलिसम्म सबै भागबण्डा टुँगोमा पुग्ने दाबी गरेका छन् । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले आधा लिने र बाँकी आधामा आफूहरु मिलेर लड्ने बताउँदै आएका छन् ।

धनगढीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले ८० सिटको हाराहारीमा सहमति जनाउने खुलासा गरेका थिए । दाहालको यस्तो खुलासासँगै नेता पौडेलले कांग्रेस ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका हुन् ।

कार्यदलका सदस्यहरुसहित गठबन्धनका शीर्ष नेताहरुको निर्णायक बैठक आज विहान बस्ने जनाइएको छ । सोही बैठकले भागबण्डा टुँगो लगाउने बताइएको छ ।#रिपोटर्सनेपालबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर