Skip to content

संविधान दिबसकाे अबसरमा लियाे क्लब गाेरखाद्वारा खुला दाैड प्रतियाेगिता

ग‍ोरखा।संविधान दिबसकाे अबसर पारेर लियाे क्लब अफ गाेरखले खुला दाैड प्रतियाेगिता गरेकाे छ । स्वास्थ्य लागि खेलकुद राष्टकाे लागि खेलकुद भन्ने मुल नाराका साथ याे कार्यक्रम आयाेजना गरिएकाे लियाे क्लब गाेरखाका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए । लक्ष्मीबजारकाे प्रतिक्षालय देखि गाेरखा बजारकाे पुरानाे बसपार्क सम्म भएकाे खुला दाैड प्रतियाेगितामा नबराज गुरुङले  १८ मिनेट ५१ सेकेण्डमा दुरी पार गरि प्रथम स्थान हासिल गरेका छन् । द्वितिया स्थान निरज भट्टा १९ मिनेट १३ सेकेण्ड, तितृया स्थान सन्दिप ढकाल१९ मिनेट ३२ सेकेण्ड, र श्याम मग्रती १९ मिनेट ५३ सेकेण्ड दुरी पार गर्दै शान्त्वना हात पार्न सफल भएका हुन् ।  बिजेता खेलाडीहरुलाई क्रमश ५०००,३०००,२०००,१००० नगद सहित मेडल र प्रमाण पत्र बितरण गरिएकाे छ । बालकृष्ण परियारकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी गाेरखा नगरपालिकाकाे प्रमुख कृष्ण रानाले खेल र खेलाडीकाे लागि गाेरखा नगरपालिका सधै साथमा रहेकाे बताए । कार्यक्रममा गाेरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, लियाे क्लब अफ गाेरखाका संस्थापक अध्यक्ष शितलकाजी मास्के, पुर्ब अध्यक्ष याम बसेल, जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख केदार खनाल गाेनपा ६ र ९ का वडा अध्यक्ष शशस्त्र प्रहरी बलका प्रमुख उद्योग बाणिजय संघ गाेरखा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगाएतकाे उपस्थिति रहेकाे थियाे । निर्णयककाे भुमिकाका उप प्रध्यापक केशब रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर