Skip to content

सर्वेन्द्र एमालेमै थिए, तर एमालेले गऱ्यो नाटक

काठमाडौं ।चुनावमा जाने कुनै तार्किक एजेन्डा र कार्यक्रम नै नभएको एमालेले पार्टी प्रवेशको राजनीतिलाई एकमात्र चुनावी प्रचार स्टन्ट बनाइरहेको छ । त्यसको पछिल्लो उदाहरण हो, पूर्व आइजी सर्वेन्द्र खनालको ‘एमाले प्रवेश’।
सबैलाई थाहा छ, सर्वेन्द्र खनाल एमालेकै मान्छे हुन् । २०७७ को सुरुमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याउँदा महेश बस्नेतलाई सर्वेन्द्रले नै साथ दिएका थिए । त्यतिबेला ओलीका मान्छेहरूले त्यो अपहरण आइडिया सर्बेन्द्रकै हो भनेर आफूलाई बचाउ गरेका थिए ।

अपहरणको उद्देश्य के थियो भने आफ्नै पार्टी समेत फुटाउने नियतले तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेश अनुसार पहिला जनता समाजवादी पार्टीलाई फुटाउनु । अनि फुटेको पक्षसंग एकता गरेर आफ्नो ४० प्रतिशत पुर्‍याउनु । संविधानमा पार्टी फुटाउन ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य हुनैपर्ने प्रावधान छ । जसलाई फेरेर ओलीले ‘४० प्रतिशत सांसद वा ४० प्रतिशत केन्द्रीय सदस्य’ भए हुने अध्यादेश ल्याएका थिए ।
आम बिरोधपछि ओली उक्त अध्यादेश खारेज गर्न बाध्य भए । तर, त्यस प्रकरणको लगत्तै आफूलाई कसैले एमालेको रूपमा बुझे कुनै आपत्ति नहुने सार्वजनिक प्रतिक्रिया सर्वेन्द्रले दिएका थिए । अपहरित जसपा सांसद डा. यादव भने भागेर पार्टी सम्पर्कमा पुगेका थिए ।
तिनै सर्वेन्द्र आइतवार एमालेमा आएको र अब एमालेलाई ठुलो पार्टी बन्न कसैले नरोक्ने आत्मरती ओली र उनका अनुयायीहरूले बोमिटनै आउला जसरी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर