Skip to content

भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन

भरतपुर।भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा योे कार्यको थालनी गरिएको थियो । भरतपुर–२५ बाटै  स्मार्ट   लाईट जडानको कार्य सुरु गरिएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाईट जडान गरिएको बताउनुभयो । मेयर दाहालले अब दोस्रो चरणमा १५० किमीमा स्मार्ट लाईट जडानको तयारी गरिएको उल्लेख गर्नुभयो । दोस्रो चरणको  स्मार्ट    लाईट जडान हुदाँ भरतपुरका सबै मूख्य सडकमा  स्मार्ट   लाईट जडान हुने उहाँको भनाई छ ।महानगरपालिकाले दशैअघि  स्मार्ट  लाईट बाल्ने गरी कामलाई अगाडि बढाउन विषेश पहल गरेको थियो ।
नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले  स्मार्ट    लाईटको नियन्त्रण सफ्टवेयरबाट गर्न सकिने भएपनि संकेतिक रुपमा स्वीच थिचेर उद्घाटन गरिएको जानकारी दिनुभयो । लाईटलाई चकिलो र मधुरो, लाईट बाल्न र खोल्न मोबाईलबाट सकिने छ । लाईटको अवस्थाको बारेमा सफ्टवेयरबाट गर्न सकिने भएकाले मर्मत गर्न र लाईट बन्दै गर्दै हिड्न नपर्ने उल्लेख गर्नुभयो । अहिलेका सडक बत्तीहरु कर्मचारीबाट फिल्डमै गएर बाल्ने र बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर