Skip to content

गोरखाको मनास्लु हिमालमा हिमपहिरो : दर्जनौं घाइते उद्धार कार्य निक्कै कठिन

गोरखा।गोरखा चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने
दर्जनौ  घाइते भएका छन् । हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उनीहरु परेछन्।’ मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।

‘घटनाबारे खबर आउनेबित्तिकै हामी उद्धारका लागि पहल गरिरहेका छौं, सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न सकिरहेको छैन’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर