Skip to content

नयाँ रुपान्तरणको लागि गाेरखामा मेराे उम्मेदवारी:अध्यक्ष प्रचण्ड

गोरखा।नेकपा माओबादी केन्द्रका अध्यक्ष गणतन्त्रका नेपालका प्रथम प्रधानमन्त्री साथै गाेरखा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नयाँ रुपान्तरणका लागि गाेरखा आएकाे बताएका छन्। जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन शुक्रबार गाेरखा आइपुगेका प्रचण्डले साे कुरा बताएका हुन्।

जसरी माओले आन्दाेलनकाे उर्जा बटुल्न चिनकाङसाङ पुगेका थिए त्यसरी नै अन्तिम युद्व लड्न गाेरखा आएकाे हुँ उहाँले भन्नू भयाे । आफ्नाे युबा अबस्था गाेरखामा बिताएकाे र पार्टीकाे पहिलाे हेडक्वाटर भएकाले गाेरखा जिल्लाबाट रुपान्तरण थालनी हुने बताउनु भयाे । म पहिलाे प्रधानमन्त्री हुदाँ मध्य पहाडी लाेक मार्ग लगाएतका दश‌ हजार बिधुत उत्पादन गर्ने लक्ष्य सहित आधारशिला तयार भएकाे बताउनु भयाे । अब गाेरखाबाट छिट्टै नै नयाँ रुपान्तरण हुने कुरा बिश्बास दिलाउनु भयाे । साेहि कार्यक्रममा नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , हितराज पाण्डे हरि अधिकारी चुडामडि खड्का लगाएतका नेताहरुले मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर