Skip to content

यो गठबन्धन सम्बिधान रक्षाको लागि बनेको हो:प्रचण्ड

गोरखा। गोरखामा यति बेला चुनाबी माहोल निक्कै बढेर गएको छ।यसै सिलसिलामा शनिबार नेपाली काङ्ग्रेशको जिल्ला पार्टी कार्यालय हलमा उम्मेदवारहरुको अभिमुखीकरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनको लागि नभई संबिधानको रक्षाको लागि बनेको गठबन्धन हो भनेर बताए। गोरखा जिल्ला स्थित सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण लाई सम्बोधन गर्दै उनले संबिधान नै खतरामा परेका बेला बर्तमान संबिधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।
‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन, अध्यक्ष प्रचण्डले भने, ‘संबिधान ध्वंस्त पार्ने अबस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उनले संबिधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए । ‘पटक–पटक संबिधान च्यात्ने कोशिस भएपछि यहीँ गठबन्धनले संबिधानको रक्षा गरेको हो, उनले भने, ‘अब यसलाई मसिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’
गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन, उनले भने, ‘गोरखाको भुगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।’
उनले आफू गोरखा दुई नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भएतापनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक सम्बृद्धिको थालनी गोरखाबाट नै गर्ने बताए । अध्यक्ष प्रचण्डले नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक सम्बृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर