Skip to content

भोलि ललितपुरमा गठबन्धनको चुनावी प्रशिक्षणः प्रचण्ड, देउवा र नेपालले सम्बोधन गर्ने

ललितपुर। सत्तारुढ दलहरू पाँच दलीय गठबन्धन बनाएर आगामी चुनावमा होमिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका छन् ।

सत्ता गठबन्धनले भोलि (मंगलबार) ललितपुरमा उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण कार्यक्रम राखेका छन् । ललितपुरमा माओवादीका संयोजक शिव प्रसाद कट्टेलका अनुसार उक्त कार्यक्रममा शीर्ष नेताको उपस्थिति हुनेछ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालगायतका नेताहरूको उपस्थिति रहने कट्टेलले जानकारी दिए ।

महालक्ष्मी स्थानमा रहेको डिलाइट पार्टी भेन्यूमा भोलि दिउँसो सवा १२ बजे कार्यक्रम सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर