Skip to content

मंसिर ४ को चुनाव गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने: प्रचण्ड

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो मंसिर ४ को चुनाव आफूहरुले नजिते देश दुर्घटनामा पर्ने बताएका छन् । आइतबार धनगढीमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी भेलामा सम्बोधन गर्दै उनले चुनाव गठबन्धनले नै जित्नुपर्ने जिकिर गरे । गठबन्धनले नजितेमा देश दुर्घटनामा जाने उनको भनाइ थियो।
उनले भने, ‘हामी माथि नेतृत्व तहमा गठबन्धनमा आबद्ध सबै दलका केन्द्रीय नेताहरु एक छौँ । प्रदेश तहका गठबन्धनका साथीहरुसँग पनि हामी साथमै छौँ र केन्द्रमा हाम्रो मत एकै छ भन्नका लागि यहाँ आएका हौँ । आगामी चुनावमा गठबन्धनको जित सुनिश्चित गर्नुपर्छ, यो हाम्रो अपिल हो ।’
संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको एक विशिष्ट परिस्थितिमा यो गठबन्धन बनेको भन्दै उनले भने, ‘मंसिर ४ को निर्वाचनबाट देशमा विकास र समृद्धि तथा परिवर्तनका उपलब्धि रक्षा गर्नेछौँ ।’
अध्यक्ष प्रचण्डले नेकपा एमालेको नेतृत्वमा अर्को गठबन्धन समेत रहेको र त्यसले वर्तमान संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको आरोप समेत लगाए । त्यसैले पनि संविधान र गणतन्त्र रक्षा गर्न आफुहरुलाई जिताउनुपर्ने, नत्र देशमा दुर्घटना निम्तिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर