Skip to content

आफ्नो जीवनमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तै:प्रचण्ड

आरुघाट। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आरुघाटमा जनतासँगको भेटघाटको क्रममा आफ्नो जीवनमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताएका छन्।
आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताएका हुन्।
४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै अध्यक्ष प्रचण्डले समकालीन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिएका थिए। आफ्नो उम्मेदवारी गोरखाबाट हुनु गोरखाका लागि फाइदा रहेको बताए। मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष प्रचण्डले बताए। जनतासँग घरदैलो गर्नका निमित्त प्रचण्ड दुईदिन गोरखामा नै रहने नेकपा (माोबादी केन्द्र) गोरखा जिल्ला पार्टी स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर