Skip to content

५ वर्ष भित्र गाेरखाको सम्पूर्ण सडक कालोपत्रे बनाइने छ : प्रचण्ड

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबकाे ५ वर्ष भित्रमा गाेरखाकाे कुनै पनि सडकमा ५ वर्ष भित्र गाेरखाको सम्पूर्ण सडक कालोपत्रे गरिने छ।

दुई दिने मतदाता भेटघाटको अन्तिम दिन आईतबार गाेरखा २ नम्बर निर्बाचन क्षेत्र अन्तर्गत विभिन्न ठाउँमा मतदातासँगको भेटघाटमा सो कुरा बताएका हुन् ।

प्रचण्डले आफु २०७४ सालकाे संघिय निर्वाचनमा चितवनमा उम्मेदार बन्नु भन्दा पहिले त्यहाँका सडक पनि धुलाम्य र हिलाम्य थियाे उनले भने “अहिले त्यहाँ सबै पिच भइसकेकाे स्मरण गराउँदै गाेरखामा पनि माथिल्लाे भेगमा बढी ढुङगा र तल्लाे भेगमा धुलाे बढी पाइयाे मैले तल झरेपछि बाटाे राम्राे हाेला भनेकाे साेचेकाे थिएँ तर पुरै धुलै धुलाे रहेछ” भन्दै अबकाे ५ बर्षामा गाेरखाकाे सबै सडकमा धुलाे र ढुङगा नरहने गाेरखाका आम मतदाता सामु बिश्बास ब्यक्त गरे ।

उनले भने गाेरखामा कृषिकाे प्रचुर संम्भाबना भएकाले गाेरखामा कृषिमा विशेष जाेड दिने भन्दै गाेरखा एक ऐतिहासिक जिल्ला पनि भएकाेले यसलाई आर्थिक रुपमा शशक्त बनाई समबृद्वि गाेरखा बनाउन मेराे पुरै ध्यान गाेरखा बिकासमा जाने बताए ।
२ दिने बसाईमा गाेरखा क्षेत्र नं २ अन्तर्गत गाेरखाकाे भच्चेक, सिरानचाेक, मैदान ,चाेरकाटे सातदाेबाेट, खारखाेला खाेप्लाङ मिरकाेटकाे बाघडाँडा ,बिर्दी ,सेरा, कमलटार, पौवाटार, बिरुवाटार र च्याङलिङकाे रातमाटेमा मतदातासँग भेटघाट गरि काठमाडाै फर्किएकाे प्रचण्डकाे सचिबालय श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर