Skip to content

गोरखामा नेकपा प्रचण्ड-माधव समुहको बिरोध सभा

गोरखा। प्रचण्ड-माधव समुह नेकपाका  नेता तथा कार्यकर्ताले गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।हिजो गोरखा सदरमुकामको चाइनिजधाराबाट आयोजित बिरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली संविधान बिपरित चलेको आरोप लगाए । चाइनिज धाराबाट सुरु भएको र्‍याली बसपार्क हुँदै पछि हरमटारीचोकमा पुगेर सवारी साधनलाई ठप्प बनाएर कोणमा सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीले गत पुस ५ गते  सरकारले गरेको संसद बिघटनको निणर्य संविधान बिपरित भएको भन्दै प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका थिए ।

कोण सभालाई नेकपाका केन्द्रिय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संसद हरिराज अधिकारी, वृद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष दिनेशचन्द्र देवकोटा, नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापा लगायतले संवोधन थिए ।गाउँ गाउँबाट सयौंको संख्यामा बसबबाट कार्यकर्ता सो कार्यक्रममा उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर