Skip to content

५ वर्षमा जनताको जीवन बदल्छौंः लामिछाने

पोखरा। कास्की निर्वाचन क्षेत्र नं २ ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको घर घरमा परिर्वतन ल्याउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

पोखरा ७ को ड्यामसाईडमा कास्की २ को प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा उनले अबको ५ वर्षमा जनताको जीवनशैलीमा परिवर्तन गर्ने गरी काम गर्ने अठोट गरे । लामिछानेले भ्रष्टचार नगर्ने र गर्न पनि नदिने वाचा गर्दै आफ्नो प्राथमिकतामा सुशासन रहेको जनाए ।प्रकृतिको संरक्षण गर्दै पोखराको विकास गर्ने योजना उनले सुनाए ।

अहिलेको गठबन्धन संविधानको रक्षा र कार्यान्वयन लागि बनेको उल्लेख गर्दै मुलुकको अग्रगतिका लागि गठबन्धको जित जरुरी भएको जनाए ।

गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले मुटु, महिला र बाल रोगको राम्रो उपचारको लागि पोखरामा विशिष्टिकृत अस्पताल बनाउने योजना सुनाए । पोखरालाई आइटी सहरको रुपमा विकास गर्ने, कास्की क्षेत्र न २ लाई विषेश मोडलबाट विकास गरेर अघि बढ्ने उनको योजना छ । विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण सहितको शिक्षण संस्था स्थापना गर्नुपर्नेमा उनको जोड छ।एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रत्ना गुरुङले लोकतन्त्र नै खतरामा परेकाले त्यसलाई टार्न अहिलेको गठबन्धन बनेको दाबी गरिन् ।कास्की क्षेत्र नं २ का माओवादी इन्चार्ज रुद्र गौतमले गठबन्धनको उम्मेदवारको विजय निश्चत भएको दावी गरे । उनले देश विकासका लागि गठबन्धनको उम्मेदवारको जितको विकल्प नरहेको बताए ।

कास्की क्षे न २ क चुनाव प्रचारप्रसार समिति संयोजक दिनेश आचार्यले गठबन्धनको उम्मेदवारलाई किन भोट दिने भन्ने विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर