Skip to content

प्रत्यक्ष तर्फकाे मतपत्र गाेरखा आइपुग्याे

गोरखा। गोरखामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि पठाएको प्रत्यक्षतर्फको मतपत्र  आइपुगेको हो ।निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधिसभाका लागि १ लाख २७ हजार र क्षेत्र नम्वर २ मा १ लाख १६ हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

यस्तै निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश (क) का लागि ६७ हजार र (ख) का लागि ६१ हजार थान मतपत्र आइपुगेको छ । क्षेत्र नम्वर २ को प्रदेश (क) का लागि ५६ हजार र प्रदेश (ख) का लागि ६१ हजार थान मतपत्र आएको सुवेदीले बताए। आयोगले कुल मतदाता संख्या भन्दा १० प्रतिशत थप मतपत्र पठाएको हो । समानुपातिकतर्फको मतपत्र भने गत कात्तिक ६ गते जिल्लामा आइसकेको छ । मतपत्र सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ ।

अब मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गरि मतपत्र र अन्य निर्वाचन सामग्री सहित तोकिएको मतदान केन्द्रमा पठाइनेछ । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि कात्तिक २३ देखि २६ गतेभित्र अभिमुखीकरण गरिसक्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर