Skip to content

गोरखाको जित संसारले देख्नुपर्छ:प्रचण्ड

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गतेको चुनावपछि आफू प्रधानमन्त्री र कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन् । गोरखाको याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखा २ बाट उम्मेदवार दिएका सबै आ–आफ्नो ठाउँबाट नेतृत्वमा पुग्ने अवस्था रहेको दाबी गरे । ‘गोरखाको जित संसारले देख्नुपर्छ । गोरखा त्यसैपनि संसार भर देखिन्छ पनि सुनिन्छ पनि । गोरखामा राम्रोसँग मतदान गरियौ  एक ढिक्का भएर अगाडि बढ्यौ भने त्यो मतदानले एउटा शक्ति प्रधान गर्नेछ । उर्जा प्राप्त भएमा सुरेन्द्रराज पाण्डे प्रदेशको सदस्य मात्रै हुनुहुन्न । उहाँ प्रदेशको मुख्यमन्त्री हुने पुरै सम्भावना छ । फणिन्द्र देवकोटा प्रदेशको मन्त्री हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मलाई देशको नेतृत्व दिने सम्भावना छ । तपाईहरुले हामीलाई बलियो बनाएर पठाउनुभयो भने सिंहदरबार र प्रदेशमा बलियो हुने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर