Skip to content

गोरखाका सबै उम्मेदवारलाई मत दिएर रेकर्ड कायम गर्न प्रचण्डको मतदातासँग अपिल

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा क्षेत्र न २ का प्रतिनिधि सभाका उमेदार पुष्पकमल दाहाल प्रचण्डले गोरखाको सबै उमेदारलाई मत दिएर रेकर्ड कायम गर्न अपिल गरेका छन् ।
शुक्रबार गोरखा नगरपालिका भित्र चुनाबी सभा सकिए लगतै गोरखा संग्राहलयमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले हामिले भन्न चाहेको कुरा तपाईहरुले थाहा पाउनु भएको छ । अब मंसिर ४ गतेको निर्बाचन आउन केहि दिन मात्र बाँकी छ । हामीले भन्न खोजेको कुरा के छ भने अहिले हामी गठबन्धनमा छौ ।
गठबन्धनको तर्फबाट उमेदार बनेका छौ । हामी एउटा प्रतिगमन बिरोधी आन्दोलनको उपजको रुपमा भएकाले यो देशमा लामो संर्घस र बलिदानबाट बनेको संबिधान माथि घात हुने खतरा पैदा भयो र पटक पटक प्रतिनिधि सभा असबैधानिक रुपले बिघटन गर्ने पक्रिया देखिए पछि त्यो प्रतिगमनको बिरुद्ध आन्दोलनको वीचबाट यो गठबन्धन जन्मियो र संबिधान रक्षा गर्नु लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु राष्ट्रको रक्षा गर्नु गठबन्धनको मुख्य उद्येश्य रहेको बताए ।
त्यहि उद्येश्य अनुसार नै गठबन्धनका दलहरु निर्बाचन अभियानमा छौ । प्रतिगमन बिरोधी आन्दोलनको निरन्तरताको अभियानको रुपमा यो निर्बाचनमा पनि हामी अगाडि जाँदैछौ । त्यसकारण दुईवटा प्रबृति छ जहाँ दुईवटा गठबन्धन छ एउटा राजतन्त्र पुनस्थापना हुनु पर्छ भन्ने एमाले सहितको गठबन्धन अर्को १२ बुँदे सहमति कर्ता र शान्ति सम्झौताको हस्ताक्षार कर्ता संबिधान निर्माणमा महत्व पुर्ण भुमिका खेल्ने नेता र पार्टीहरुको गठबन्धन भएकाले प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नु अहिलेको आबश्याकता हो । त्यसैले सबैको साथ र सहयोग नभएको भए प्रतिगमन सजिलै ढल्ने थिएन । उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर