Skip to content

जनशक्ति माध्यमिक विद्यालयमा इन्जिनियरिङको पढाई सुरु

गोरखा। गोरखाको नाम्जुङमा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको ३ वर्षे पढाई सुरु भएको छ ।गोरखा जिल्ला समन्वय समितिका उप प्रमुख लिला परियारले आज सो कार्यक्रमको औपचारिक सुरुवात गरेकी हुन् ।शहिद लखन गाउँपालिकामा अवस्थित यस विद्यालय शैक्षिक क्षेत्रमा निकै उत्कृष्ठ विद्यालय हो । यस विद्यालयले एस.एल.सी परीक्षाको नजितामा नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा समेत आफ्नो नाम राखेको थियो ।
गाउँपालिकाको सिटिइभिटीद्धारा सम्वन्धन प्राप्त एक मात्र डिप्लोमा तहमा प्राविधिक शिक्षा हाँसिल गरेको यस विद्यालयललाई गाउँपालिकाले पूर्वाधार विकासका लागि ४ लाख विनियोजन गरेको र निश्चित कोटामा छात्रवृत्तिका व्यवस्था गर्ने शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थामा मगरले जनाए ।
३ वर्षे पढाइका लागि प्रति सेमेष्टर २२ हजार लाग्ने र ६ सेमेष्टरमा १ लाख ३२ हजारले पढाई सम्पन्न हुने यस विद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीका लागि निशुल्क छात्रवृत्ति, निशुल्क कम्प्युटर, अत्याधुनि प्रविधियुक्त स्माटवोर्डवाट देशकै उत्कृष्ट इन्जिनियरबाट अनलाइन पढाई गरिने जनशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि काप्रीले वताए ।
गोरखामा यस विद्यालयका अतिरिक्त श्री सरस्वती माध्यमिक विद्यालय वोर्लाङले पनि डिल्लोमा इन सिभि इन्जिनियरिङको कक्षा संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर