Skip to content

पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो

चितवन । भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ ।   भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ६ लेन सडकको गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलसम्म पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेको छ ।
यस्तै हाकिमचोकदेखि चौविसकोठीसम्म सब बेस निर्माणको कार्य धमाधम भइरहेको छ । चौबिसकोठीदेखि पुलचोकसम्म ड्रेनको काम अघि बढेको छ ।
‘आगामी फागुनसम्म निर्माण सम्पन्न हुनुपर्ने हो, तर केही नयाँ काम थपिएकाले समय थप गर्नुपर्ने देखिएको छ’, उहाँले भने, ‘कंक्रिटिङको काम थप भएको छ । यस्तै पर्खाल पनि थप भएको छ भने सानो ड्रेनलाई ठूलो बनाउनुपर्ने भएकाले तोकिएको समय निर्माण सम्पन्न नहुने सम्भावना छ ।’
आगामी फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको काम अझै ५० प्रतिशत बाँकी काम युद्धस्तरमा अगाडि बढने प्रमुख पौडेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ लेन सडकलाई गुणस्तरीय र तोकिएको मितिमा सम्पन्न गर्न अनुगमन गर्ने काम भइरहको जानकारी दिनुभयो । यो सडक मूख्य राजमार्गमा पर्ने भएकाले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको उहाँको भनाई छ ।
भरतपुर महानगरपालिमा पर्ने ६.०८ किलोमिटर  सडक विस्तारले यहाँको सवारी चाप कम हुनेछ ।
नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सरु भएको हो । जम्मा २८ महिनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत १ अर्ब १२ करोड छ ।
–––

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर