Skip to content

एमालेबाट निर्वाचित वडाध्यक्ष सुदिप थापाको निर्देशनमा कांग्रेस कार्यकर्ता माथि सांघातिक हमला

पोखरा। मध्य नेपाल नगरपालिका १ जितामा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ ।आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन बलियो रहेकाले कमजोर मानसिकताका साथ नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष सुदिप थापाको निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको कांग्रेसको आरोप छ ।

कांग्रेस वडा कार्य समितिका सचिव मिलन थापा र कांग्रेस नेता भरत थापामाथि कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय बेँशीशहर लगिएको छ । कुटपिटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर