Skip to content

गोरखामा मतदातामा उत्साह देखिएन

गोरखा। सामान्य छिटफुट घटना बाहेक गोरखामा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। त्यसो त देसै भर निर्वाचनमा उत्साहजनक तबरबाट सहभागिता नरहेको परिबेशबाट गोरखा पनि अछुतो रहन सकेन। बिगतका निर्वाचनको तुलनामा यसपटक गोरखामा मत कम खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले पोखरा प्रेसलाई बताए।
‘मतदान सकिएपनि कति प्रतिशत मत खस्यो भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर करिव ४५ देखि ५० प्रतिशत मत खस्यो भन्ने हाम्रो अनुमान हो हो ।’ यसपटकको निर्वाचनका लागि जिल्लामा कुल २ लाख २० हजार ६३७ मतदाता कायम भएका थिए । २ सय २२ मतदान स्थल र ३ सय १७ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर