Skip to content

गोरखामा बस दुर्घटना !

गोरखा। गोरखाको सदरमुकाम हरमटारीमा  ब्रेक फेल भएर बस दुर्घटना भएको छ। हरमटारीबाट खोलखोले तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । ना ६ ख ८९९८ बस हरमटारी स्थित कृषि बिकास बैंक अगाडी दुर्घटनामा परेको हो ।

बसको अगाडीको ब्रेक फेल भएपछि अगाडि रहेका माईक्रो लगायतलाई क्षति हुन नदिन कृषि बिकास बैंक अगाडिको एक घरमा बसलाई लगेर ठोक्काएको दावी गरेका छन् ।

सदरमुकामबाट अन्य मुख्य शहर छुट्ने ठाउँ परेकाले बस कुरेर बसी रहेका दुई दर्जनभन्दा बढी यात्रुहरु भागेर ज्यान जोगाउन सफल भएको छ । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर