Skip to content

बिन्दु कुमार थापा गण्डकी प्रदेश सभा सदस्यमा विजयी

पोखरा। घात, अन्तरघात र अन्तरकलहका बीच नेपाली कांग्रेसका नेता बिन्दु कुमार थापाले गण्डकी प्रदेश सभा सदस्य पदमा बिजय हाँसिल गरेका छन्। थापाले नेकपा एमालेकी नेत्री मिना गुरुङलाई १ हजार ३ सय १२ मतान्तरका साथ् विजय प्राप्ती गरेका हुन्।

बिहान ४ बजेसम्म कास्की क्षेत्र बमबार २(२) का वडा नम्बर ४, ८,९,११, १६ र २० का सम्पूर्ण मत गणना गर्दा थापाले कुल ९ हजार २ सय ७८ मतका साथ विजय हाँसिल गरेका हुन। उनको निकटतम प्रतिद्वन्द्वी मिना गुरुङले ७ हजार ९ सय ६६ मत पाएकी छिन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीनहजार नौसय दुई मतका साथ् तेश्रो स्थान हासिल गरेका छन्।

थापाको बिजयासँगै उनले अब बन्ने गण्डकी प्रदेश सरकारमा एउटा शक्तिशाली मन्त्रालय पाउने सम्भावना देखिएको छ। हुन त उनले चुनाबका बेला आफुलाई भाबी मुख्यमन्त्रीका रुपमा प्रस्तुत पनि गरेका थिए। तर गोर्खा जिल्लाबाट नेपाली कांग्रेसबाट बिजयी प्रदेश सांसद सुरेन्द्र पाण्डेले आफु विजयी भएको भनेर घोषणा हुनासाथ आफू संसदीय दलको नेता हुन तयारीमा लाग्ने घोषणा गरिसकेका छन्। उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर