Skip to content

अब राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्नेछु:प्रचण्ड

संसदिय दलको नेता प्रचण्ड

काठमाण्डु।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् । अध्यक्षले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखा तिर आफ्नो ध्यान रहेको बताए ।

सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनको भनाई थियो ।

गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।”

अध्यक्षले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पुरा गर्ने सङ्कल्प गरेको बताए । उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस गर्ने गरी विकासलाई गति दिने बताए ।

अध्यक्ष प्रचण्डले भने, “गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ । ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना शुरु गर्नुपर्ने पनि छ । यी सबै पुरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु । ” अध्यक्ष प्रचण्डले गोरखाली जनसमूदायको सद्भाव गोरखा र केन्द्र दुबै स्थानमा काम गर्नका लागि आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर