Skip to content

यो चुनावमा जस्तो वैदेशिक चलखेल विगतमा कहिल्यै भएको थिएनः प्रचण्ड

ललितपुरनेकपा माओवादी केन्द्रका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते  सम्पन्न  चुनावमा जस्तो वैदेशिक चलखेल विगतमा कहिल्यै नभएको बताएका छन् । हरिसिद्धि, ललितपुरमा भएको  प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकमा संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचनको  वैदेशिक शक्ति खडा गरिएको  बताउँदै संविधान आफुहरुले बनाएको तर यो पटकको चुनावी  परिणामलाई वैदेशिक शक्तिले जसरी प्रयोग गरे यसबारे ध्यान दिनु जरुरी रहेको उनले बताए ।  अध्यक्ष प्रचण्डले हिजो माओवादीको छुट्टै पहिचान रहेको र अहिले माओवादीलाई पहिचानको समस्या हुन थालेको बताउँदै हिजो जस्तै देश र जनताप्रति आचार र व्यवहार नयाँ बनाउने युगिन पहिचान बनाउन जरुरी रहेको बताए । सम्वोधनका क्रममा उनले विगतमा जस्तो अहिले आफ्नो क्षेत्रलाई जति राम्रा काम गरेपनि, जति राम्रो मुद्दा उठाएपनि, नयाँ र डिजिटल मिडियाबाट आफ्नो कुरा भन्न सक्नु पर्ने उनको भनाइ थियो । यो अवस्थामा जिटल आर्मीको विशाल फौज चाहिएको बताउँदै उनले हामीकहाँ भएको जनमत र पंक्तिलाई परिचालन गरेर आइटी आर्मी बनाउन जरुरी रहेको बताए । दक्षिणपन्थी दुषित हावालाई स्वच्छ बनाउन यो आवश्यक भैसकेको उनको भनाइ थियो ।  अहिलेको अवस्थामा ६० लाख भन्दा धेरै नेपाली विदेशमा रहेको र अहिलेको हावाचल्नुको कारण त्यो शक्तिलाई सही संगठित गर्न ध्यान दिन नसक्नु भएकोले यसमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर