Skip to content

गाेरखाबाट बन्दना पाण्डे र मसली मायाँ थाेकर नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित

गोरखा। गाेरखा नगरपालिकाका उपमेर मसली मायाँ थाेकर र पालुङटार नगरपालिकाका उपमेयर बन्दना पाण्डे नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।नगरपालिका संघको काठमाण्डौमा सम्पन्न आठौं महाविशेनबाट थाेकर र पाण्डे केन्द्रीय सदस्यमा २ जना सर्वसम्मत निर्वाचित भएका हुन् ।महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चुनिएका हुन। यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन्।उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएका हुन् ।

महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छिन् । कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी हुन् ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर