Skip to content

नेपाल टेलिकमको साधारण सभा पुस २८ मा गर्दै, प्रति शेयर ४० रुपैयाँ लाभांशको प्रस्ताव

काठमाण्डु।नेपाल टेलिकमले आ.व.२०७८/७९ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर चालिस रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पुस २८ गते राष्ट्रिय सभा गृहमा पन्ध्रौं वार्षिक साधारण सभाको आव्हान गर्दै शेयरधनीहरुलाई प्रति शेयर चालिस रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको हो। उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् मात्र बितरण हुने जनाएको छ।

सो साधारण सभामा आर्थिक वर्ष २०७८ /७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८ /७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव तोकिएको छ।

यसैगरी साधारण सभाले लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तीका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर