Skip to content

महेन्द्रपुलमा मोवाइल होलसेल मार्केट शुभारम्भ

पोखरा। पोखराको मुटु महेन्द्रपुलमा अंग्रेजी नयाँवर्षको आगमनसँगै मोवाइल होलसेल मार्केट आजदेखी सञ्चालनमा आएको छ ।

महेन्द्रपुलदेखि चिप्लेढुँगा जाने सडकक‍ो मारबाडी खाजा घर पछाडि पुरानो ओरेन्ज मार्केट रहेको  सो मार्केट आजदेखखि सुभारम्भ भएको हो । विगत १० वर्षदेखी महेन्द्रपुलको सीता भवनको अण्डरग्राउण्डमा व्यापार गर्दै आएका मोवाइल व्यवसायीहरु महानगरले अण्डरग्राउण्ड खाली गरेपछि महेन्द्रपुलमा सरेर होलसेल मार्केट सञ्चालनमा ल्याएका हुन् ।

बजारका संयोजक चिन्तामणि खरेलका अनुसार हाल सो स्थानमा १५ वटा सटरमा व्यवसाय सञ्चालन भइरहेको छ ।बजारमा पार्किङको सुविधा, अपांगमैत्री तथा तथा विभिन्न मोवाइल तथा इलेक्ट्रोनिक सामग्रीहरुको सुविधा रहेको छ ।खरेल सहित सो बजारका व्यवसायीहरु ढाकामोहन अधिकारी, रामहरि तिमिल्सिना र सुवास अर्यालले बजार व्यवस्थापन र सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्दै  आएका छन्। होलसेल मार्केट शुभारम्भका अवसरमा ग्राहकहरुलाई यही पुस २५ गतेसम्म विभिन्न छुट तथा सहुलियत प्रदान गरिने बजारका संयोजक चिन्तामणि खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर