Skip to content

गण्डकी प्रदेशमा माओबादीको दलको नेतामा हरिबाहदुर चुमान चुनिंदै

पोखरा। सधै भरि पद प्रतिष्ठाका लागि आफू आफू बीच गाँड कोराकोर गरेर जनताको तहबाट करिब टाडिएको गण्डकी प्रदेशको नेकपा माओबादी केन्द्रले गण्डकी प्रदेशसभामा संसदिय दलको नेता चयन गर्नका लागि पोखराको पृथ्वी चोक स्थित मजदुर कार्यालयको हलमा गण्डकी प्रदेश कमिटीको बैठक बसिरहेको छ।
संसदिय दलको नेता चयन अघि माओबादी केन्द्रले पार्टी कार्यालय सदस्यको बैठक बोलाएको हो । बैठकमा माओबादी केन्द्रका प्रमुख सचेतक तथा गण्डकी प्रदेश ईन्चार्ज हितराज पाण्डे, पार्टी महासचिव देवप्रसाद गुरुङ लगायत नेताहरुको उपस्थिती रहेको कार्यालयको बैठकमा सहमति कायम गरेर संसदिय दलको बैठक आयोजना गर्ने एक कार्यालय सदस्यले जानकारी दिएका छन्। यद्यपि दलको नेता बन्नको लागि कृष्ण धितालले माथिदेखि नै लबिङ गरिरहेका छन् भने हरिबहादुर चुमान अघिल्लो पटक पनि संसदिय दलको नेता भैसकेको हुनाले आफू निर्बिकल्प दलको नेता हुनेमा ढुक्क छन्। यस अघि पनि गण्डकी प्रदेशसभाको संसदिय दलको नेता तथा माओबादीको तर्फबाट मन्त्री समेत भैसकेका हरि बहादुर चुमानलाई नै दलको नेता बनाउने माओबादीको आन्तरिक तयारी रहेको एक श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर