Skip to content

ग्लोबल आइएमई र बिओकेबीच पुस २५ देखि एकिकृत कारोबार हुने, राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं । ग्लोबल आइएमई बैंक र ले बैंक अफ काठमाण्डू (बिओके) बीच पुस २५ बाट एकिकृत कारोबार हुने भएको छ । गत असारमै मर्जरसम्बन्धी सहमति भएको दुई बैंकलाई आगामी २५ गतेदेखि एकिकृत कारोबार गर्न सकिने गरी राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

यसअघि एकिकृत कारोबार ग्लोबल आइएमई बिओके को नामबाट हुने भनिएपछि उक्त दिनबाट ग्लोबल आइएमइ बैंककै नामबाट कारोबार हुने बताईएको छ ।

यी दुई बैंकबीत मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमति भएको थियो, त्यसपश्चात कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। बैकको अध्यक्षमा चन्द्र ढकाल र नाम ग्लोबल आइएमई बिओके हुने गरी कार्तिक २८ गते सहमति भएको थियो ।

त्यसबेला सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने बताईएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४ खर्ब, कूल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर