Skip to content

विकास निर्माणका काममा भएको ढिलासुस्ती हटाउन सांसद माझीको सक्रियता

लमजुङ। प्रतिनिधिसभा सदस्य उर्मिला माझीले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती हटाउन र समयमा काम सम्पन्न गरि जनतालाई प्रभावकारी सेवा दिनकाे लागि सक्रिय पहल गरेकी छिन् । निर्वाचनमा विजय भएपछि जिल्ला आएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पुर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू ताेकिएकाे समयमा नसक्दा जनताले असुविधा भाेग्न बाध्य हुनुका साथै जिल्लाकाे परिचय पनि विग्रने बताइन् ।

साे अवसरमा उनले लमजुङको भाेटेओडार बेलघारी खण्डको सडककाे समस्या हल गर्न तथा सडक सुधार र स्तराेन्नति तत्काल गर्न पनि आग्रह गरेकी थिइन् । साे सडक खण्डको निर्माण समयमा नहुँदा दाेर्दी गाउँपालिका र दुधपाेखरी गाउँपालिका जाने यातायात नराम्ररी प्रभावित हुने गरेकाे छ । प्रमुख जिल्ला अधिकारी सुशील बैधले यसलाई गम्भीरतापूर्वक लिएको र तत्काल काम अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर