Skip to content

एमालेलाई सभामुख नदिने प्रचण्डको दाउ

काठमाण्डु। हिजो प्रधानमन्त्री कार्यालयमा केही तथाकथित मुलधारका अनलाइन पत्रिकाका सम्पादकहरुसँगको छलफलमा सभामुख, राष्ट्रपतिबारे कसैसँग पनि सहमति गरिएको छैन,’ प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबारको उक्त भेटघाटमा प्रचण्डले भने । त्यसो त प्रधानमन्त्री हुनका लागि  माओवादी केन्द्रले एमालेसँग राष्ट्रपति तथा सभामुख पदबारे सहमति गरेको दाबी एमाले निकटस्थ माओबादी नेताहरुले बातउँदै आएका छन् ।
तथाकथित मुलधारका सम्पादकहरुसँग प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले विश्वासको मत दिइसकेकाले उसलाई पनि विश्वासमा लिनु आफ्नो जिम्मेवारी भएको बताए । कांग्रेसले कल्पना नै नगरेको काम गरेर आफूलाई समर्थन गरेकाले सभामुखबारे सोध्नुपर्ने अवस्था बनेको उनको भनाइ छ । यसका निम्ति माघ ३ गते सर्वदलीय बैठक आह्वान गरिएको उनले जानकारी दिए ।
सभामुखको निर्वाचन आगामी माघ ५ गते हुँदैछ ।
‘विश्वासको मत लिँदा कांग्रेसले अनुमान गरिए विपरीत उपस्थिति देखाएकाले उसको बारेमा पनि सोच्नुपर्ने अवस्था छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई आज नै विस्तार गर्ने तयारी गरिएको पनि जानकारी दिए । पुस ११ मा प्रचण्डले दुई उपप्रधानमन्त्रीसहित चार मन्त्री लिएर शपथ लिए पनि सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डा लगायत शक्ति बाँडफाँटमा सहमति नबन्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर