Skip to content

सत्ताको भागबण्डा सकियो, कुन दलको भागमा कति ?

काठमाण्डु। सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गरेसँगै मन्त्रालय भागबण्डा करिब टुंगोमा पुगेको हो ।स्रोतका अनुसार आठ सांसद बराबर एक मन्त्रालय हुने गरी मन्त्रालय भागबण्डा गरेको हो । जसअनुसार एमालेले कूल ८ मन्त्रीसहित दुई राज्यमन्त्री पाउने भएका छन् ।

हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । बाँकी मन्त्रालयको भागबण्डा नटुंगिएकाले ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।

सरकारको नेतृत्व गरेको माओवादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् । बाँकी मन्त्रालय टुंगिन बाँकी रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री लिने लगभग सहमति जुटेको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उसले अब स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउने निश्चित भएको छ ।

राप्रपाले उर्जासहित दुई र जनता समाजवादी पार्टी (जसपा)ले शहरी विकास र अर्को एक मन्त्रालय पाउने भएको छ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक–एक मन्त्रालय पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर