Skip to content

गाेरखाकाे पालुङटारमा जुवा खेलेको आरोपमा ४ जना पक्राउ

गाेरखा। गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ३ सिउडेनी जंगलमा जुवा खेलिरहेको अवस्थामा ४जना जुबाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पानपा ५ का ७० वर्षीय ईश्वरी प्रसाद न्यौपाने, सोहि ठाउँका ४२ वर्षिय जयराम राजभाट, वडा नं.३ का ६२ वर्षीय कृष्ण बहादुर बोगटी र सोहि ठाउँका ४२ वर्षीय जानु मोहम्मद पक्राउ परेका जिल्ला प्रहरी कार्यलयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनीहरुको साथबाट ४७ हजार नगद सहित म्याट्रेस, कम्मल, तास बरामद गरिएको उनले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलिले गोप्य सूचनाको आधारमा बुधबार दिउसो १२ बजे सिउडेनी जंगलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।

पक्राउ परेका ४ जना विरुद्ध जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर