Skip to content

राष्ट्रपतिमा सबैभन्दा ठूलो दल कांग्रेसले दाबी

काठमाण्डु। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिनुअघि संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग परामर्श गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भएकाे जानकारी दिँदै सबै पक्षसँग छलफल गर्ने प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।

‘शक्ति सन्तुलनको आधारमा राष्ट्रपतिमा स्वभाविक रुपमा हाम्रो दाबी रहन्छ । संसदमा तेस्रो दल माओवादीले प्रधानमन्त्री भएको छ । एमालेले सभामुख पाएको छ । राष्ट्रपतिमा सबैभन्दा ठूलो दल कांग्रेसले दाबी गर्नु स्वभाविक हो’, उनले भने, ‘उम्मेदवारी दिनुअघि हामी संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग परामर्श गर्छौं । सकेसम्म सर्वसम्मत रुपमा हामी उम्मेदवारी दिनेछौं ।’

महतले हिजोको बैठकमा राष्ट्रपति निर्वाचनमा केन्द्रत भएर छलफल गरेको जानकारी दिँदै समयमै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने अडानमा कांग्रेस रहेको बताए    ( नेपालवाचबाट)

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर