Skip to content

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

काठमाण्डु।प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः अशोक शेरचन नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

२०७५ माघ १८ गते नै बैंकको सीईओ नियुक्त भएका शेरचनलाई बैठकले पुनः सीईओ नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताए । तत्कालीन प्रभु विकास बैंकका सीईओ भएका शेरचन समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नतिका लागि आफ्नो व्यवस्थापकीय नेतृत्वमा लिएर बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।

तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । जुन बेला शेरचन दोस्रो वरीयतामा रहेको र सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले जिम्मेवारी छाडेपछि अशोकले सीईओमा नियुक्त भएका थिए। पाएका थिए ।त्यस पछि प्रभुले ग्राण्ड बैंक , नेपाल विकास बैंकलाई समेत समाहित गरेर लगातार अशोक प्रभु बैंकको सीईओ छ ।

दुई साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई प्रभुमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन् । सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर