Skip to content

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

पोखरा। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध गराई सहयोग गरेकोे छ ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई वितरण गरिएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

कार्यक्रममा बैंकका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर