Skip to content

अन्तर मावि वक्तृत्वकला प्रतियोगीताकाे उपाधि महेन्द्र मावि कुन्दुरटारका मन्दिप लामालाई

गोरखा। गोरखा नगरपालिका अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियोगीतामा महेन्द्र मावि कुन्दुरटारका छात्र मन्दिप लामाले प्रथम भएर उपाधि हात पारेका छन् । दण्डपाणी अर्याल केन्द्र काठमाण्डु र सरस्वती मावि आहालेको सहकार्यमा शुक्रवार भएको प्रतियोगीतामा ओल्ड क्यापिटल बोर्डिङकी छात्रा प्रजिता वानियाँ दोस्रो र शक्ति मावि पाटेचौरकी छात्रा समिना पन्त तेस्रो भएकी छन् ।

उनीहरुले क्रमश सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएको सरस्वती मावि आहालेका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए । प्रतियोगीतामा सहभागी सबै बिद्यार्थीलाई जनही एक हजार रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रतियोगीतामा १७ बिद्यालयका १७ जना बिद्यार्थी सहभागी थिए । ईश्वरचन्द्र वानियाँको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर