Skip to content

प्रेस चौतारी गोरखाद्धारा २५ औं स्थापना दिवसको अबसरमा कारागारका कैदी बन्दीलाई पुस्तक हस्तान्तरण

गोरखा।  प्रेस चौतारी नेपाल गोरखा शाखाले स्थापना दिवसको अबसर पारेर आइतबार गोरखा कारागारका कैदीबन्दिहरुलाई पुस्तक हस्तान्तरण गरेको छ । संगठनले आफ्नो २५ औं स्थापना दिवसको अबसरमा गोरखा कारागारमा रहेका कैदीहरुलाई पुस्तक बितरण गरेको हो । कारागारमा एक कार्यक्रमका विच प्रेस चौतारीका केन्द्रिय सदस्य एबम् गोरखा जिल्ला इन्चार्ज किरण लोहनीले गोरखा कारागारका गुणप्रमुख गणेशप्रसाद भटृराइलाई पुस्तक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य लोहनीले कारागारका कैदिबन्दिहरुलाई समय कटाउन र सकारात्मक सोचको बिकास गराउने उदेश्यले पुस्तक बितरण गरिएको बताए । उक्त पुस्तक अध्ययनवाट कैदीबन्दीहरुको मनोपरामर्शको काममा सहयोग पुग्नुका साथै कैदी जीवन कटाएपछि सामाजिक क्षेत्रमा केही गर्दै समाजमा आफुलाई स्थापित गर्न सकुन् भन्ने उदेश्यले आफुहरुको रहेको लोहनीले बताए । कार्यक्रममा गोरखा कारागारका प्रमुख गणेशप्रसाद भटृराईले कारागारका कैदिबन्दिहरुले पुस्तक पढ्न नपाएको गुनासो गरीरहेको बेला प्रेस चौतारी नेपालले पुस्तक उपलब्ध गराएपछि सहयोग पुगेको बताए । सो अबसरमा प्रेस चौतारीले रचनात्मक,धार्मिक महाभारत, आख्यान, सिर्जनशिलताका साथै कानुनका सम्बन्धी बिभिन्न २३ थान पुस्तक बितरण गरेको हो। प्रेस चौतारीका केन्द्रिय सदस्य एबम् गोरखा जिल्ला इन्चार्ज लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा जिल्ला कारागारका प्रमुख गणेस प्रसाद भटृराई, पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव सुशिल वावु श्रेष्ठ (कैलाश), नेकपा एमालेका जिल्ला कमिटिका सचिव काजिराम रोका लगायतको सहभागिता रहेको थियो । गोरखा कारागारमा अहिले १०२ जना कैदिबन्दीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर