Skip to content

गाेरखामा ट्राफिक प्रहरीकोआतंक व्यावसायीले बुझाए ध्यानाकर्षण पत्र

गाेरखा।  गोरखामा ट्राफिक प्रहरीले ज्यादती मच्चाएकाे भन्दै यातयात व्यवसायीहरुले विभिन्न १० बुदे मागसहित उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातयात मन्त्री नारायणकाजी श्रेष्ठलाई बुुधबार ज्ञापन पत्र बुझाइएका छन् ।

जिल्लाका यातायात व्यवसायीले प्रदुषण जाँच तथा जरिवानाको त्रास रहेको र ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै गोरखा प्रजिअ दिनेशसागर भुषाल मार्फत उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र पठाएका छन् ।

यातायात व्यवसायीहरुले बुझाएको ज्ञापन–पत्रमा प्रदुषण जाँच तथा जरिवानाको त्रास र ट्राफिक प्रहरीको आतंक बन्द हुनु पर्ने माग गरिएको छ । यस्तै ऐन कानुनको कार्यान्वयन, पिक एण्ड ड्रपको व्यवस्था, पूर्वाधार विकास तथा पार्किङ सुविधा, ऐन र नियावलीको संशोधन, यातायात क्षेत्रको सुधार र पुनर्जागरण गर्न राष्ट्रिय यातायात प्राधिकरण गठनको माग गरिएको छ । चीन भारत नाकाको समस्या, सिमापारीको सुरक्षा र सुरक्षित भविष्यको सुनिश्चताको लागि योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुशासनको लागि रोड सेफ्टी काउन्सिल निर्माण तथा यातायात र व्यवसायीका दिर्घकालीन समस्या समधान गर्न आयोग गठन लगायतका माग गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबाबु पन्त र अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष सुर्यभक्त पौडेलेको हस्ताक्षर गरिएको पत्र प्रजिअ भुषाललाई बुझाएको हो ।

सो कार्यक्रममा अखिल नेपाल मजदुर संघका अध्यक्ष निर्मल राना, नेपाल यातायात मजदुर संघ गोरखा अध्यक्ष शंकर श्रेष्ठ लगायत यातायात व्यवसायीहरुको उपस्थिति रहेको मजदुर नेता कपिल नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर