Skip to content

खड्ग प्रसाद ओलीको जंगबहादुर बन्ने सपना

काठमाडौं। मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन्। ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको समेत बताए।

‘केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,’ पहाडीले रिपोर्टर्स क्लब नेपालमा भने,‘संसद बिघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन्। विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थाले।’ सर्वोच्च अदालतले यो बिघटनको फैसलालाई मान्यता दियो भने अन्यले पनि सोही अनुसारको परम्परा पछ्याउने औल्याए। पछिल्लो पटकको संसद विघटनबाट विश्व झनै चकित भएको पहाडीको कटाक्ष थियो । पार्टीको किचलोका कारण संसद बिघटन गरेको केपी ओलीको भनाईको कडा आलोचना समेत गरे।

‘संसदमा अविश्वासको प्रस्ताव आउछ भन्ने थाहा पाउनासाथ उनले संसद बिघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्,’ पहाडीको अगाडि भने, ‘सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद बिघटन गरेका छन्, एकतिरबाट मात्रै ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने जस्तो प्रावधान ल्याए, उनी मात्रै होइन माधब नेपाल र प्रचण्ड पनि यसका दोषी हुन्।’

प्रतिनिधिसभामा पराजित भएका व्यक्ति मन्त्री हुन नसक्ने प्रावधानलाई उल्लंघन गर्दै हारेका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्ती दिएको तर्क गरे। कसैले पनि संसद पुनःस्थापना गर्न सक्दैन भन्ने केपी ओलीको भनाई अदालतकै मानहानी भएको पहाडीले बताए।

आणविक निषेध सन्धीको बिरोध गर्दै आएका उनले पछिल्लो समय केपी ओलीको संसद बिघटनको बिरोधमा होमिएको बताए। दुई तिहाईको प्रधानमन्त्रीले भारतको अयोध्या नक्कली भएको हावादारी कुरा गरेकाप्रति पनि उनको कटाक्ष थियो।

उनले ठोरीका मानिसलाई पनि फोन गरी गरी भाडेको, प्रतिनिधि सभा विघटन हुने कुनै प्रावधान नभएको भन्दै आलोचना गरे । ‘यो एउटा मानिसले धैर्य गुमाएको परिणाम हो, यो उनको एउटा सनकको परिणाम हो,”पहाडीको भनाई थियो। उनले नेपालको विकास देखेर विश्व चकित छ भन्ने हावादारी नभएर प्रधानमन्त्रीको बहुलठ्ठी कुराबाट संसार चकित भएको पहाडीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर