Skip to content

शिक्षा क्षेत्रमा बहसकाे ठुलाे खाँचाे छ : उपप्रधानमन्त्री श्रेष्ठ

गाेरखा। नेपाल सरकारका उपप्रधानमन्त्री तथा भाैतिक पुर्बाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा बहसकाे ठुलाे खाँचाे भएकाे बताएका छन् ।

मंगलबार एकीकृत अखिल नेपाल शिक्षक संगठन गाेरखाकाे साताै अधिबेशनलाई सम्बाेधन गर्न गाेरखा आएका उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र पुर्बाधारकाे पनि पुर्बाधार भएकाले शिक्षा क्षेत्रमा लागेका शिक्षाबिद्व लगाएत राजनितिक दलका नेताहरुले शिक्षाकाे बिषयमा आजकाे शिक्षा नीति कस्ताे हुनु पर्छ र राज्यले शिक्षा प्रति हेर्ने दृष्ट्रिकाेण के हाे भन्ने बिषयमा गम्भीर छलफल हुनु पर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले बिदेश पढ्न गएका नेपालीहरुलाई यहि शिक्षा दिई नेपाली माटाेमा अटाउन सक्नु पर्ने वातावरण बनाउन जाेड दिएका हुन् ।

ब्यापारिकरणलाई नियन्त्रण गरि सर्बसुलभ शिक्षा र गुणस्तिय शिक्षामा जाेड दिदै सरकारकारले सामुदायिक बिद्यालय र आंगिक कलेजहरुकाे शिक्षा क्षेत्रमा गुणात्माक परिबर्तन गरे मात्र देशले बिकासकाे गति समात्ने बिश्बास ब्यक्त गरे ।

शिक्षा क्षेत्र बिकासकाे पहिलाे पुर्बाधार भएकाले शिक्षामा राज्यले धेरै लगानी गर्नु पर्ने उनले बताए । संसारकाे सुन्दर देश नेपालमा शिक्षाका कडि रुपमा मान्ने शिक्षा क्षेत्रमा लगानी नगर्ने प्रबृति हटाउने पर्ने बताए । यसकाे हल गर्न एकीकृत याेजना बनाएर हल गर्नु पर्ने बताए । शिक्षा जिबनकाे लागि हाे कि जिबिकाउपर्जना लागि भन्दै उपप्रधानमन्त्री श्रेष्ठले जिबनकाे लागि शिक्षामा जाेड दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर