Skip to content

प्रचण्डले ओलीलाई नबोक्ने पुरानै गठबन्धन बिउतियो

काठमाण्डु। नेकपा एमालेसहित सरकारमा सहभागी दललाई बाहिर राखेर चुनाव अघिको ५ दलीय गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल केन्द्रीत भएको एक नेताले बताए ।  बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच छलफल भइरहेको हो।  बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता सहभागी छन्। बैठक बिहान ९ बजेदेखि जारी रहेको छ।  चुनाव अघिको गठबन्धनले राष्ट्रपतिमा साझा उम्मेदवारी दिने निर्णय गरेमा एमालेलगायत सरकार निर्माण ताका गठन भएको गठबन्धन स्वत विघटन हुनेछ । एमालेले आफ्नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्न खोजेको एमाले नेता नेपाल पुरानै गठबन्धनमा फर्किएपछि अप्ठ्यारोमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर