Skip to content

श्रमको सम्मान गर्नुपर्छ:रामचन्द्र पौडेल

पोखरा।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने बताए । श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने भन्दै पौडेलले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे । उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए । आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए ।

पौडेलले भने– ‘हामीले मलुकलाई अगाडि बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरू बाँझो छन् । हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ ।’

विदेशी आयातबाट खानेकुरा धान्ने कसरी हो भन्ने राज्यले सोच्नुपर्ने पौडेलको भनाइ छ । ‘श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ’, उनले थपे– ‘यही नै राष्ट्रियता हो । यही नै देशभक्ति हो । यो देशभक्तिलाई तपाईहरुले पूर्ण रूपले अवलम्बन गर्नुहुनेछ ।’ श्रम गर्ने जनतालाई सम्मान गर्ने, प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा सबै लाग्न उनले आग्रह गरे । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर