Skip to content

महासय, शोक धुन त्यति कर्ण प्रिय हुँदैन:रमेश थापा मगर

महासय, म यतिबेला
शान्त छु
चुपचाप छु
मौन छु
निर्मल छु
निश्चल छु
किनकि
म बुद्धको खोजिमा छु
म शान्तिको यात्रामा छु ।
मालश्रीको धुनसंग
बसन्तको गीत गाउदै
बम र बन्दुक बिसाएर
ढुंगाको अक्षर झै कुदिएको
शान्ति संझौताको मर्यादामा छु ।।
यतिबेला, प्रतिगमनको शंख फुक्दै
मलाई युद्धको यात्रा नसंझाऊ
शान्ति सहमतिलाई लत्याउदै
खाटा बसेको युद्धका घाउ नकोट्याऊ
यादगर महाशय,
आंशुको स्वाद गुलियो हुदैन
शोकधुन त्यति कर्णप्रिय हुदैन ।।
आजभोलि ,
दीगो शान्ति र स्थिरताका निम्ति
आरनहरुले आराम गरेको बेला
बन्दुकहरुले बिश्राम लिएको बेला
कानेखुसी गर्दै आतंक कारीको
बिल्ला भिराउछौ भने
राजतन्त्रको सिनु बोकेर
अदालतले फरमान जारी गर्छ भने
आदेश शिरोपर छ
मृत्यु स्वीकार्य छ ।

गणतन्त्रको यात्रामा एम्बुस थापेर
संघीयताको मुना नचिथोर
राजतन्त्रको भ्रम छरेर
संबृदिको सपना नखोस
सामन्तको पाउ पोस्दै
निम्छराको आशा नमार
संझाईरहनु नपर्ला
गणतन्त्रका यात्रीहरुलाई
जेल के हो? नेल के हो?
बताईरहनु नपर्ला
मृत्युञ्जयीहरुलाई
बिद्रोहको भेल के हो?
महाशय,
मान्छेका लागि सबैभन्दा ठूलो डर
भय , त्रास र मृत्यु हो
यी सबैलाई जितेपछि
हेगको त्रास के हो ? र!
अदालतको भय के ? छ र!
त्यसैले,भो अब नजिस्काऊ
महाशय, म यतिबेला
शान्त छु
चुपचाप छु
मौन छु
निश्चल छु
निर्मल छु
किनकि
म बुद्धको खोजिमा छु
म शान्तिको यात्रामा छु
मालश्रीको धुनसंग
बसन्तको गीत गाउदै
बम र बन्दुक बिसाएर
ढुंगाको अक्षर झै कुदिएको
शान्ति संझौताको मर्यादामा छु ।।
अहिले सम्झनाका तरेलीहरुमा
हिजोका क्रुर शासकहरुले
निहत्था पक्रिएर मारिएका
मुठभेटका नाममा
समातेर जिउदै जलाईएका
आफन्तकै अगाडि
बलात्कारमा परेका
अन्यायको बिरोध गर्दा
वेपत्ता पारिएका
परिवार र आफन्तजनका
आँसुका भेलहरु छन्,
आक्रोशका पहाडहरु छन्,
बेदनाका घाउहरु छन् र
चित्कारका ज्वालाहरु छन्
यिनका दुखेका मनहरुमा
मलमपट्टी लगाउनुको साटो
यिनका फाटेका तनहरु
आपसमा मिलाउनुको साटो
सहमतिका पानाहरु च्यात्दै
युद्धका रागहरु अलाप्दैछौ
साच्चै रहर छ ? महासय!
देश फेरि रणमैदान बनाउनलाई ?
साहस छ ? महाशय !
फेरि पनि मृत्यु गीत गाउनलाई ?
खै ! म कसरी सम्झाऊ तिमीलाई
आंशुको स्वाद गुलियो हुदैन
शोकधुन त्यति कर्णप्रिय हुदैन ।।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर