Skip to content

प्रधानमन्त्री प्रचण्डसँग ‘विप्लव’ र ‘प्रकाण्ड’को भेट

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले भेटवार्ता गरेका छन् ।

नेकपाका दुई नेताहरुले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

विप्लवले प्रधानमन्त्रीसामू बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेको बताइएको छ ।उनले सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने माग राखेका थिए । विप्लवको मागमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिएको बुझिएको छ ।

त्यस्तै प्रचण्ड विरुद्ध सर्वोच्चमाा दर्ता भएको मुद्दाका विषयमा पनि छलफल भएको बताइएको छ । बुधबार पनि प्रधानमन्त्री निवासमा माओवादी पृष्ठभूमीका ८ दलहरुको संयुक्त भेला भएको थियो ।

प्रचण्डविरुद्धको मुद्धामा माओवादी पृष्ठभूमीका दलहरु एकाबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर