Skip to content

उपराष्ट्रपतिको मनोनयन आजः सत्ता गठबन्धनबाटै तीन आकांक्षी

काठमाण्डु। निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दै छ । उपराष्ट्रपति चयन गर्न ३ चैतमा निर्वाचन हुँदै छ ।
आयोगले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको हो । सो समयभित्र संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि शुक्रबार साँझसम्म सत्ता गठबन्धनबाट तीन जनाको दाबी देखिएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति भए पनि जसपासहितका तीन दलले दाबी गरेका हुन् ।
जसपाले बिहीबार नै पार्टीको संसदीय दलका नेतासमेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शुक्रबार सत्ता गठबन्धनमा नै रहेका अन्य दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी अघि सारेका हुन् ।

उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सार्ने तयारी गरेको भए पनि उनको उमेरका कारण उनलाई उपराष्ट्रपति पदमा उम्मेदवार बन्न सहज छैन । उपराष्ट्रपति बन्न ४५ वर्ष उमेर पूरा हुनुपर्छ । जनमत पार्टीले भने शुक्रबार नै ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाएको छैन । एमालेले पार्टीको सचिवालय बैठकबाट आज उम्मेदवार तय गर्दै छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर